कार्तिक -२१ पछिल्लो २४ घण्टामा स्याङ्जामा १२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार वालिङ नगरपालिकाका दुई महिला सहित ६ जना , पुतलीबजार नगरपालिकाका एक महिला सहित ५ जना र एक जना पालिका नखुलेका ३६ वर्षिय पुरुष रहेका छन् । यो संगै स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ५७९ पुगेको छ। यस्तै गरि कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। मृत्युु हुनेमा चापाकोट नगरपालिका वडा नम्बर १० का ७३ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्य कार्यलय स्याङ्जाका प्रमुख यम प्रसाद शर्माका अनुसार मृतक नियमित स्वास्थ्य उपचार गर्न कार्तिक १४ गते पाल्पाको प्रभास मेडिकल कलेजमा जाँदा उहाँमा कोरोना संक्रमणको पुष्टि भएको थियो। यो संगै स्याङ्जामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ।






















Discussion about this post