कार्तिक -२२ पाल्पाको तिनाउ गाउँपालिकामा एक जना बालकको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउ गाउँपालिका वडा नम्बर १ कचलका ९ वर्षिय सुरज गाहा मगर रहेका छन् । गाहा मगर घर नजिकैको जङ्गलमा बाख्रा चराउन जादा बिजुलीको पोल चढ्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनु भयो। सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन गिरीका अनुसार करेन्ट लागेर घाइते भएका सुरज गाहा मगरलाई पाल्पाको युनाइटेड मिसन अस्पतालमा उपचारका लागि ल्याइएको थियो। उपचारका क्रममा गाहाको ३ :४० मा मृत्यु भएको थियो। घटना सम्बन्धि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ।
Discussion about this post