कार्तिक -२२ स्याङ्जामा शनिबार ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेहरुमा पालिका र वडा नखुलेका २८ , २१ र ३६ वर्षीय पुरुष रहेका छन् । यस्तै गरि अन्य संक्रमितहरुमा पुतलीबजार नगरपालिका वडा नम्बर ३ की ५९ वर्षिय महिला र वडा नम्बर ८ की ७३ वर्षीय महिला रहेका छन् । यो संगै स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ५८४ पुगेको छ। संक्रमित सवैमा कन्ट्याक्ट् ट्रेसिङका क्रममा कोरोना संक्रमणको पुष्टि भएको जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ। हाल स्याङ्जामा ८४ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् भने ४९० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यस्तै गरि स्याङ्जामा शनिबार थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नम्बर ८ की ७३ वर्षीय महिला रहेका छन् । उहाँमा १९ गते कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । निर्देशक एवम् प्रबक्ता शर्माका अनुसार उहाँको फेवासिटी अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। मृतकमा उच्चरक्तचापको समस्या रहेको थियो। यो संगै स्याङ्जामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ।
Discussion about this post