बिष्णु पाण्डे कार्तिक -२२ पाल्पामा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २६ जना पुरुष र १० जना महिलामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार माथागढीका १, रामपुरका २, पूर्वखोलाका १, रैनादेवी छहराका ४, रम्भाका १ जना, तिनाउका २ जना, र तानसेनका २४ जनामा कोरोना पुष्टि भएको छ । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार २ सय ४३ पुगेको छ । पाल्पामा अहिलेसम्म १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या १ सय ८१ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ५ सय ३३ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ६४ जना स्वास्थ्यकर्मी रहेका छन् ।
Discussion about this post