कार्तिक -२४, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति नामले परिचीत संस्था बिश्वभर छरिएर रहेका स्याङ्जालीको संस्था हो ! कार्तिक २२ शनिवार संस्थाले ११ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाकाअध्यक्ष जीवन न्यौपानेको सभापतित्व र प्रमुख अतिथी नेपाल सरकार भुमी ब्यबस्था, सहकारी तथा गरीबी निबारण मन्त्री माननिय पद्मा कुमारी अर्याल ज्यूको उपस्थितिमा शुरू भएको कार्यक्रममा बिभिन्न स्थानीय सरकार प्रमुख ज्यूहरूको उपस्थिति थियो , वालिङ नगरपालिका प्रमुख, कालीगण्डकी गाउँपालिका प्रमुख, फेदिखोला गाउँपालिका प्रमुख संस्थाका ससंरक्षक, सल्लाहकार र बिश्वभर छरिएर रहेका जिल्ला बासी संस्था तथा बिभिम्न देशमा रहेका स्याङ्जा जिल्ला संबद्ध संस्थाका अध्यक्ष ज्यूहरूको बाक्लो उपस्थिति थियो ! कोविडको प्रतिकुल स्थितिमा पनि संस्थाको विधि/बिधान संवत कार्यक्रमलाई रोक्न हुदैन भन्ने हेतुले भर्चुअल माध्यम (Zoom) मार्फत बार्षिक साधारणसभा सम्पन्न गरिएको हो !
संस्थाका उपाध्यक्ष थर्क सेनले स्वागतरूपी शब्दहरूले अतिथिलाई स्वागत गरि अगाडि बढेको कार्यक्रममा आफ्नो विशेष मन्तव्य राख्दै प्रमुख अतिथि भुमी ब्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्याल ज्यूले देश बिदेशमा रहेका सम्पुर्ण जिल्लाबासिहरू लाई सम्बोधन गर्दै जिल्लाको हरेक सुख दुखमा समाजलेले बिगत देखि अहिले सम्म गरेका सामाजिक कामको मुक्तकण्ठले प्रसंसा गर्नुभयो, बिश्व स्याङ्जालिले सिकेका सीप, अनुभवलाई आफ्नो मातृभूमिमा उपयोग गर्न आग्रह गर्दै अहिले जिल्लामा एवं देशमै लगानिको राम्रो बाताबरण बनिरहेकोले सम्पुर्णलाई लगानी गर्नका निम्ति आग्रह गर्नुभयो ! आवश्यक सहयोगको लागि सदैव आफू तत्पर रहेको पनि जानकारी गराउनु भयो !
साथै कार्यक्रम मा स्थानिय सरकार प्रमुख ज्यू हरूले पनि समाज लाई शुभकामना दिदै संस्थाले विभिन्न समयमा जिल्लामा परेको आपत -बिपतमा गरेका कामहरू को उच्च मूल्याँकन गर्दै आगामी दिनमा स्थानिय सरकार ठुला लगानी तथा सामाजिक कार्य मा सहकार्य गर्न तयार रहेको कुरा ब्यक्त गर्नु भएको थियो !

कार्यक्रममा कोषाध्यक्ष खगेन्द्र गैह्रेले समाजको एक वर्ष को आय ब्याय प्रतुती राख्नुभयो भने संस्थाको महासचिव हेमन्त रानाभाट ले संस्था ले हालसम्म गरेका कार्यप्रगती हरू प्रस्तुत गर्नु भएको थियो ! कार्यक्रम मा बिभिन्न देश का स्याङ्जा समाज एन सी सी अध्यक्ष हरू ले आआफ्नो देश को प्रतिवेदन प्रस्तुत गर्नुभएको सभापति को आसन बाट संस्थाका अध्यक्ष जीवन न्यौपानेले बिभिन्न देशहरू सँग समन्वय र सहकार्य गर्दै जिल्ला मा बिभिन्न सहयोग गर्दै आई रहेको र आगामी दिनमा थप स्थानिय सरकार हरू सँग पनि समन्वय गरि दिगो योजना हरू निर्माण गर्ने, आकस्मिक कोष निर्माण गर्ने , शिक्षा स्वास्थ्य पर्यटन बिकाशमा टेवापुग्ने कार्यक्रम र सामुहिक लगानी बारेमा योजना हरू ल्याउने जानकारी दिनु भयो । झन्डै ७ घन्टा चलेको कार्यक्रम दुईभागमा बिभाजन गरि संस्थाका महासचिव हेमन्त रानाभाट र एसिया प्यासिफिक संयोजक राजेश पाण्डेय ले संचालन गर्नु भएको थियो ! कार्यक्रम मा संस्थापक अध्क्षय, संरक्षक सल्लाहकार, एवं विभिन्न देशका एन सि सि अध्यक्ष ज्यूहरुले शुभकामना सहित मन्तव्य राख्नुभएको थियो !
Discussion about this post