जिल्ला बाल संगठन, स्याङ्जाका सभापति सुजन भट्टराईद्वारा पदभार ग्रहण

15
SHARES
125
VIEWS

स्याङ्जा – २४ कार्तिक २०७७। अनेरास्ववियू केन्द्रिय सदस्य सुजन भट्टराईले जिल्ला बाल संगठन स्याङ्जाको सभापति जस्तो गरिमामय पदमा पद बहाल गर्नुभएको छ। जिल्ला बाल संगठन स्याङ्जाको कार्यालयमा आयोजित एक समरोहका बिच भट्टराईले पद बहाल गर्नुभएको हो।

पद बहाल कार्यक्रममा स्याङ्जा १ बाट प्रतिनिधि सभाका लागि निर्वाचित माननीय सासंद नारायण मरासिनी , जि.स.स. प्रमुख सीता सुन्दास , प्र.जि.अ. उमेश बस्नेत , जि.प्र.का. प्रमुख एस.पी होबिन्द्र बोगटी , पुतलीबजार न.पा. उपप्रमुख महेश पुरी , नेकपा जिल्ला अध्यक्ष पारस गैरे , जि.आयुर्वेदिक स्वास्थ केन्द्रका अध्यक्ष यज्ञ प्रसाद पौडेलको उपस्थिति रहेको थियोे।

साथै नेकपा स्याङ्जाका नेताहरू रामचन्द्र भट्टराई र विश्व पौडेल लगायत जिल्ला तहका विभिन्न संघ सस्थाका नेतृत्व गण , अखिल र राष्ट्रिय युवा संघको विभिन्न तहका नेताहरूको समेत उपस्थिति रहेको थियोे।

पद बहाल कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले जिल्ला बाल संगठनको उदेश्य र लक्ष्य निसर्त पालना गर्दै देशकै उत्कृष्ट संगठनको रूपमा जिल्लाको शिर उचो राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गतको नेपाल बाल संगठन, केन्द्रिय कार्यसमितिले २०७७/०६/२७ गतेका दिन स्याङ्जाको सभापतिको रुपमा मनोनित गरेको थियो ।

कालीगण्डकी गाउँपालिका – ४, बिर्घा स्याङ्जा जन्मस्थान भएका भट्टराईले स्नातकोत्तर उतिर्ण गरेर कानुनमा पनि स्नातक गर्नुभएको छ।

भट्टराई एक कुशल प्रवक्ता , न्यायप्रेमी , स्वाभिमानमा सम्झौता नगर्ने , निडर स्वभावको मृदुभाषी तथा सरल स्वभावका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार