चापाकोट र रामपुर जोड्ने दामाचौरको पक्की पुल पुनः निर्माण शुरु

13
SHARES
106
VIEWS

राजन भट्टराई कार्तिक -२४ कालीगण्डकी नदीको रामपुर नगरपालिका वडा नं ६ प्याक्लुकघाट तथा चापाकोट नगरपालिका वडा नं ८ दामाचौरमा पक्की मोटरेवल पुल निर्माण कार्य शुरु भएको छ । प्राविधिक कमजोरी देखाउँदै लामो समयसम्म निर्माण थालेर रोकिएको पुलको डिजाइन परिवर्तन गरेर निर्माण कार्य थालिएको हो ।

पुलमा कालीगण्डकीको पाल्पातर्फ १६ तथा स्याङ्जातर्फ १६ गरी ३२ वटा खम्बा रहनेछन् । आगामी २० महिनामा निर्माण सम्पन्न गरिने पुल एक महिनाअघि ठेक्का सम्झौता भएर चैतको पहिलो साता निर्माण कार्य शुरु भएको हो । पुल उपभोक्ता समितिका अध्यक्ष गोपालप्रसाद भण्डारीले लामो समयसम्म विविध कारणले रोकिएको पुल निर्माण कार्य अब दु्रत गतिमा हुने जानकारी दिनुभयो ।

करिब रु १८ करोड छ लाखमा निर्माण गरिने पुलको इलाइट जेभिए प्राली काठमाडाँैले निर्माणको जिम्मा पाएको छ । पाल्पातर्फको केही काम थालिए पनि पुल निर्माणको काम बीचमै रोकिएको थियो ।

विसं २०६८ मा ठेक्का सम्झौता भई २०७१ असार मसान्तभित्र निर्माण सम्पन्न हुनुपर्ने निर्माण कार्य लामो समयसम्म रोकिएर पुनःनिर्माणले गति लिन थालेको छ । एक सय ८१ मिटर लम्बाइ रहेको दुईतर्फी मोटरेवल पक्की पुल निर्माण कार्य शुरु भएपछि यस क्षेत्रका नागरिक खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार