चापाकोट नगरपालिका, हरिनास गाउँपालिका र भिमाद लाई जोड्ने पक्की ढलान पिच मोटरहाईवे शिलान्यास

13
SHARES
108
VIEWS

राजन भट्टराई, कार्तिक २५
स्याङ्जा :स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं. ८ दामाचौर देखि सेखाम वडा न. ५ हिलामराङ्ग , चिट्ठीपोखरी , खासा , भञ्ज्याङ् , सातदोबाटो , घुर्पाल हुँदै गैह्रखोला सम्म ढलानपिचको कार्य एक कार्यक्रम बिच शिलान्यास गरिएको छ। चापाकोट नगरपालिकाको दामाचौर देखि हरिनास गाउँपालिकाको गैह्रखोला सम्म ढलान पिच हुने सडकको शिलान्यास नेपाली काँग्रेस महासमिति सदस्य स्याङ्जाका अग्रज नेता श्री गजेन्द्र प्रकाश मल्लले गर्नु भएको थियो ।

शिलान्यास भए लगत्तै सडक फराकिलो पार्ने काम धमाधम भईरहेको छ । नेपाली काङ्ग्रेस स्याङ्जाका युवा नेता गण्डकी प्रदेश सभा सदस्य माननीय भगवत प्रकाश मल्लको बिशेष पहलमा हुन लागेको ढलान पिचको ठेक्का शर्मा हाई हिमाल जे . बि निर्माण कम्पनीले पाएको छ ! ढलान पिच निर्माण सम्पन्न भए पछी दामाचौर हुँदै सेखाम , क्याक्मी भिमाद दैनिकी सबारिसाधन गुड्ने र स्थानीय वासिन्दाको आवागमनमा सहजता थपिने स्थानीयहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार