चुरामणी तिमिल्सिना कार्तिक -२५ छत्रकोट गाउँपालिका वडा नम्बर ३ मा अवस्थित देवी भगवती मन्दिरको मुहार परिवर्तन गर्नको लागि सामाजिक सन्जालबाट सहयोग सन्चालन गरेर मन्दिर प्रवेशद्वार निर्माण अभियान लाई सफल पार्न यती खेर देश तथा बिदेशबाट निरन्तर रुपमा केही दिन अगाडी देखि सहयोग जुटिरहेको प्रवेश द्वार निर्माण अभियान्ता पोमलाल कंडेलले बताउनु भयो । आफुहरु यहीँ भुमिमा जन्म लिएर यहि हुर्किएर उच्च शिक्षा पछी विभिन्न ठाउँमा पुगेर आर्जन गरेको पैसा केही प्रतिशत दान पुन्य कार्यमा लगाउन आफुहरु तयार भएको दान वीर बिष्णु प्रसाद कंडेलले बताउनु भयो । कंडेलले हालै निर्माण हुन लागेको प्रवेश गेट्को लागि स्व. बुवा टिकाराम र आमा चुर्णकला कंडेलको सम्झनामा रु १ लाख पचास हजार सहयोग प्रदान गर्नु भएको हो । कंडेलले आफू हाल लण्डनमा भएको र आफ्ना भाइबन्धु हरुलाइ पनि यस अभियानलाई सफल पार्न आफू निर्माण अभियान्ता पोमलाल शीत निरन्तर सहकार्य गरेर अगाडी बड्ने बताउनुभयो । यस भालुपानीको मुहार परिबर्तन तथा छत्रकोटमा पर्यटन प्रबधन गर्नको लागि आफुहरु रात दिन सामाजिक सन्जालमा रहेर सहयोग अभियानलाई अगाडी बढाएको पत्रकार तथा निर्माण समितिका सदस्य भुबन भुसालले बताउनु भयो। भुसालले आफ्नो क्षेत्रमा पोमलाल कंडेल तथा गिता कंडेलले हनुमानजिको मन्दिर बनाउन सुरु गरेपछि निरन्तर रुपमा भालुपानीको प्रचारप्रसार समेत भैरहेको बताउनु भयो ।


Discussion about this post