कार्तिक २६ , स्याङ्जामा आज थप ३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार संक्रमित हुनेहरु आधीखोला गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षिय पुरुष , पुतलीबजार नगरपालिका वडा नम्बर १ कि ३६ वर्षिय महिला र वडा नम्बर १३ कि ४८ वर्षिय महिला रहेका छन् । संक्रमितहरुको पहिचान पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको फिबर क्लिनिक र लाइफ केयर एण्ड डायोनिष्टिक प्रालिमा परिक्षणका क्रममा पहिचान भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक एवम् प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनु भयो। स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या दैनिक बढ्ने क्रममा रहेको छ। दशै सकिए पश्चात् कोरोना संक्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाएको छ। आज थप ३ जना गरि स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ६२२ पुगेको छ।


Discussion about this post