विष्णु पान्डेय
पाल्पा ,कार्तिक २६
गाउँपालिका वडा न ४ को थपनडाडामा एक दिने कुरीलो खेती सम्बन्धि तालिम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले तिनाउको वडा न ४ को थमन गाउँमा कुरिलो खेतीको सम्भावना रहेको क्षेत्र भएकोले नागरिकहरूको माग अनुसार कुरिलोको बीउ वितरण तथा एक दिने तालिमका लागि गाउँपालिकाले बजेट छुट्याएको बताउनु भयो । साथै आगामी दिनहरूमा यस क्षेत्रका नागरिकहरूलाई मध्ये नजर गरि कार्यक्रम सञ्चालन गर्ने पनि घर्तीले बताउनुभयो । कार्यक्रम विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाले तालिममा सिकेका कुरालाई व्यवहारमा उत्तार आर्गह गर्नुभयो । कार्यक्रममा समाजसेवी एवम बुद्धिजीवी चक्रव्युउ थापा, अधिकृत छैठौं उमादेवी आचार्य, स्थानीय वडाका जनप्रतिनिधिहरू लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम मन्तव्य हेमन्त कुमार शर्माको स्वागत,वडा न ४ का वडा अध्यक्ष दान बहादुर गाहाको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिमको प्रशिक्षण जिवराज घिमिरे र लुङकला घिमिरेले गर्नु भएको थियो । तालिममा २५ जना सहभागी भएका थिए सहभागीहरूलाई तालिम समापन पश्चात् कुरिलोको बीउ समेत वितरण गरिएको थियो ।
Discussion about this post