स्याङ्जामा आज थप १२ जना कोरोना संक्रमित थपिए

12
SHARES
103
VIEWS

कार्तिक- २७ , स्याङ्जामा पछिल्लो समयमा कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रममा रहेको छ। जिल्लाको वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकामा कोरोना संक्रमणाको केन्द्रबिन्दु बनेको तथ्यांकले देखाएको छ। आज गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार स्याङ्जाका ३ जना महिला र ९ जना पुरुष गरि १२ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ४५ वटा स्वाब परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। संक्रमित हुनेहरुमा वालिङ नगरपालिकाका ३ महिला ,९ जना पुरुष र पुतलीबजार नगरपालिकाकि एक महिला रहेका छन् । यो संगै स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ६३४ पुगेको छ । यस्तै गरि स्याङ्जामा १२८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ४९७ जनाले कोरोना संक्रमण मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार