कार्तिक -२७ सरकारले देशका विभिन्न १२ स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको स्थानहरु मध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिका पनि समाबेश भएको छ। कात्तिक २४ गते बसेको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेशका ५, प्रदेश १ का ३, कर्णाली प्रदेशका ३ र बागमती प्रदेशका १ स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको हो । सरकारले गण्डकी प्रदेशमा घोषणा गरेका ५ स्थानहरु मध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको वडा –५ को ९३ रोपनी ८ आना सरकारी जग्गालाई औद्योगिक ग्राममा समाबेश गरिएको हो।
Discussion about this post