पृथ्वी प्रकाश माध्यमिक विद्यालयको भवन सिलन्यास

13
SHARES
109
VIEWS


विष्णु पान्डेय
पाल्पा २७ , कार्तिक
जिल्लाको तिनाउ गाउँपालिका वडा न ४ स्थित पृथ्वी प्रकाश मा वि सत्यवतीको ४ कोठे विद्यालय भवन सिलन्यास गरीएको छ । विहिवार गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले उतm विद्यालयको शिलन्यास गर्नुभएको छ । पुर्न निर्माण प्राधिकरण केन्द्रिय आयोजनाबाट विनियोजन भएको ७० लाख बजेटबाट उक्त भवन निर्माण हुने छ । शौचालयको निर्माणको लागि १५ लाखको योजना रहेको साथै शैक्षिक सामाग्री,फर्निचरको लागि अर्को १० लाख रकम प्रदेश सरकारबाट बिनियोजन भएको गाउँपालिका अध्यक्ष घर्ती मगरले बताउनु भयो । उक्त विधालयमा यस शैक्षिक सत्रबाट कक्षा ११ संचालन भएको छ जहा करिब ४ सय विद्यार्थी छन् । तिनाउ गाउँपालिका भित्र पुर्न निर्माण प्राविधिकरणबाट १७ वटा र शिक्षा विभाग तथा प्रदेश र स्थानीय सरकारबाट ११ वटा गरि गत बर्ष देखि हाल सम्म २८ वटा विद्यालय भवनको योजना परेकोमा केहि निर्माण सम्पन्न भइसकेको र केही निर्माण हुने क्रममा रहेको अध्यक्ष घर्ती मगरले बताउनु भयो । उपाध्यक्ष दमयन्ती थापाले भवनको निर्माण लागि पुर्न निर्माण प्राधिकरण केन्दिय आयोजनालाई गाउँपालिकाले पहल गरि उक्त भवन निर्माणको लागि बजेट पार्न सफल भएको बताउदै उक्त भवनको निर्माण कार्य समयमा नै सम्पन्न गर्न शुभकामना दिनु भयो ।समाजसेवी एवम बुद्धिजीवी चक्रव्युह थापाले यस विधालयमा अब कक्षा ११ र १२ सम्मको पढाइ सञ्चालन हुने भए पछि वडा न ४ का विद्यार्थीहरूलाई धेरै राहत पुग्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार