स्याङ्जामा आज १० वर्षीय बालक सहित ७ जना कोरोना संक्रमित थपिए

12
SHARES
96
VIEWS

कार्तिक -२८ स्याङ्जामा आज थप ७ जना कोरोना संक्रमित थपिएका छन् । आज गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार संक्रमित हुनेहरु पुतलीबजार नगरपालिका वडा नम्बर १ का ५३ वर्षीय पुरुष , वडा नम्बर ३ का ५० वर्षीय पुरुष , वडा नम्बर १ का ६७ वर्षीय महिला र वडा नम्बर १० का १० वर्षका पुरुष रहेका छन् । यस्तै गरि संक्रमित हुने अन्य दुई जना चापाकोट नगरपालिका वडा नम्बर ८ का ७१ वर्षीय पुरुष र वडा नम्बर १० का ४० वर्षिय महिला र कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का ७२ वर्षिय पुरुष रहेका छन् । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक एवम प्रबक्ता बिनोद बिन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको फिभर क्लिनिक र लाइफ एण्ड केयर डायोग्निस्टिक प्रालिमा परिक्षणक्रममा पहिचान भएका हुन् । आज थप ७ जना गरि स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ६४१ जना पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार