यम सोमै कार्तिक -२९ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ मा सञ्चालित स्टिमर सेवा कोरोना कहरका कारण प्रभावित बनेको छ। बिश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण बन्द भएको स्टिमर सेवा दशै पर्वलाइ लक्षित गरि पुनः संचालनमा आएता पनि मानिसहरुको चहलपहल भने कम रहेको छ। जलयात्राको आनन्द लिन र स्टिमरबाट पर्वत जिल्लामा अवस्थित शालिग्रामको दर्शन गर्नका लागि भिडभाड हुने यो ठाउँ अहिले प्रायः शुन्य रहेको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकोले अहिले घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको शालिग्राम कालीगण्डकी जल यातायात प्रालिका कोषाध्यक्ष प्रेम माझीले बताउनुभयो। सामान्य अवस्थामा दैनिक ४/५ सय जनाले स्टिमर सेवा लिने गरेकोमा हाल आएर दैनिक १२/१३ जना पनि मुस्किलले आउने गरेको कोषाध्यक्ष माझीले जानकारी दिनुभयो। माझीका अनुसार मानिसहरुको चहलपहल कम भएकोले आफुहरुले कर्मचारीको तलब खर्च समेत धान्न मुस्किल परेको बताउनु भयो। नेपालकै पर्यटकीय स्थल कालीगण्डकी गाउँपालिकाको कालीगण्डकी ए जलविद्युत परियोजनालाई लिने गरिन्छ। आफुहरुसित १० वटा स्टिरमर रहेतापनि यात्रीको सङ्ख्यामा कमी आएकोले दुई वटा स्टिमरनै पर्याप्त भएकोले माझीले थप्नुभयो। अवस्था सामन्य हुँदा जलविद्युतका लागि निर्माण गरिएको सुन्दर तालको अवलोकन गर्नेहरुको सङ्ख्या अत्याधिक हुने गर्दथ्यो। हाल भने मानिसहरुको चहलपहल कम भएको र ब्यापार प्रायः शुन्य रहेको स्थानीय व्यापारी शान्ति न्यौपानेले बताउनु भयो। आँधिमुहानबाट शालिग्राम स्थल सम्म पुग्नका लागि करीब ३० मिनेट लाग्ने र शुल्क प्रती व्यक्ति ४०० लाग्ने गर्दछ । सुरक्षा मापदण्ड पूरा गरेर एकपटक जलयात्राको आनन्द लिन सकिन्छ ।
Discussion about this post