आफ्ना पिता मुमिशवर अर्यालको पुन्य तिथिमा प्रवेश द्वार निर्माणमा ५१ हजार सहयोग

18
SHARES
150
VIEWS

चुरामणी तिमिल्सिना गुल्मी कार्तिक -३० आफ्नै जन्मभूमिमा आफ्ना बुवा आमाहरु र आफुले समेत बिगतका बर्षमा सहयोग गरिरहेका छत्रकोट गाउँ पालिका वडा नम्बर ३ भालुपानीमा प्रचारप्रसार को ओझेलमा परिरहेको देवी भगवती मन्दिरको बिकास संगै पर्यटन प्रबर्द्धन तथा पर्यटकका लागी आकर्षक केन्द्र बनाउन केही दिन देखि सामाजिक सन्जालबाट नै आर्थिक सङ्कलनको कार्यक्रम सुरु भैरहेको छ । झन्डै १५ दिन पहिला समाजसेवी धार्मिक प्रेमी तथा सामाजिक अभियान्ता श्रीङ्गा निवासी पोमलाल कंडेल तथा गिता कंडेलले हनुमानको मन्दिर बैधिक विधि सहित शिलान्यास गर्नुभएको थियो । केही दिन पछी कंडेल परिवार, पत्रकार चुरामणी तिमिल्सिना र भुवन भुसालले मन्दिर संगै आकर्षक तथा मजबुत प्रवेशद्वारको अबधाराणा सामाजिक सन्जालमा पोस्ट गरे संगै दिन रात यो अभियानलाई सफल पुर्याउन दान दाताहरुले सहयोग गरिरहनु भएको निर्माण अभियानका प्रमुख पोमलाल कंडेलको भनाइ छ । वास्तवमा आफू जन्मेको हुर्केको पढेको र केही सामाजिक सेवा गरिरहेको आफ्नै जन्म्भुमिमा निर्माण अभियानमा आफुहरुले पनि अभियान्ताका प्रमुख कंडेल सित आफुहरु अस्ट्रेलियामा भएपनि आज हाम्रा पुज्य पिता मुमिश्वर अर्यालको श्राद्दको तिथि परेकाले उहाकै सम्झनामा आज यस्तो महान अभियान युवाहरुले सन्चालन गरेको देखेर आफ्ना पिता आमा लिलादेवि अर्यालको विशेष सम्झना गर्दै रु ५१ ह्जार १ सय एकाउन्न छत्रकोट ३ भालुपानी हाल भिक्टोरिया अस्ट्रेलियाबाट सहयोग गरेको अर्यालकि श्रीमती गिता अर्यालले जानकारी गराउनुभयो ।अर्यालका हजुर बुवा दामोदर र माहिला हजुरबुवालेपनी मन्दिर निर्माण कार्यमा बिगतका बर्षहरुमा सहयोग गरिरहेको हुनाले अहिले आफ्नो परिवारले पनि तिथि पारेर सहयोग गरेको बताउनु भयो । अर्यालले अभियान्ता कंडेल सित टेलिफोन सम्पर्क गरि आगामी दिनहरुमा पनि आफ्ना छोराहरु सुरज र सचिनको कुनै जन्म विशेष दिन तथा उनिहरुको नामबाट पनि सक्दो सहयोग गर्ने बताउनु भएको कंडेलले बताउनु भयो। यति मात्र नभइ सालिकरामले यस्तै विभिन्न धार्मिक स्थान हरुमा पनि सक्दो सहयोग गर्दै आइरहेको बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार