कार्तिक- ३० स्याङ्जामा तास खेलिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। गत २८ गते स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजा स्थित एकघरमा जुवातास खेलिरहेका ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो। सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार गोप्य सूचनाका आधारमा एकघरमा खानतलासी गर्दा रु. ५८,४५८/- र भारतीय रु.३,६००/- नगद सहित तास खेलीरहेका ८ जना पुरूष र तास ४२१ पत्ती सहित फेला परेको हुँदा पक्राउ तथा बरामद गरिएको थियो। पक्राउ परेकाहरुलाइ “सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा सम्बन्धी कसुर” मुद्धामा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट पक्राउ स्वीकृती लिई थप अनुसन्धान गर्ने कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ।
Discussion about this post