पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

13
SHARES
105
VIEWS


मङ्सिर -१ , पाल्पामा आज बिहान दुई वटा मोटरसाइकल एक-आपसमा ठक्कर खाँदा एक जना घाइते भएका छन् । आज बिहान करीब ९:०० बजेको समयमा तिनाउँ गाउँपालिका वडा नम्बर ५ जोरधारा स्थित सिद्धार्थ राजमार्गमा दोभानबाट तानसेन तर्फ आउदै गरेको ना ४४ प ५३७ नम्बरको मोटरसाइकल र आर्यभन्ज्याङबाट बुटवल तर्फ जादै गरेको लु ४७ प ३८९३ नम्ब्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी एवम् प्रहरी नायब निरीक्षक मदन गिरीले जानकारी दिनुभयो। दुर्घटनामा परी लु ४७ प ३८९३ नम्बरका मोटरसाइकल चालक बगनासकाली गाउँपालिका वडा नम्बर ३ का २३ वर्षिय बिक्रम थापा घाईते भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी गिरीले जानकारी दिनुभयो। गिरीका अनुसार घाइते थापालाई उपचारका लागी लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएको छ। घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। यस्तै गरि ना ४४ प ५३७ नम्बरका चालक उपचारमा संलग्न रहेको र दुवै मोटरसाइकलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार