स्याङ्जामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

14
SHARES
113
VIEWS

मङ्सिर -३ स्याङ्जामा आज कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नम्बर १३ का ४६ वर्षिय पुरुष रहेका छन् । उनको उपचारका क्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा आज बिहान १ बजेको समयमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक एवम् प्रबक्ता डा.बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो। मृतक निमोनियाबाट ग्रसित रहेका थिए। उनमा गत कार्तिक २५ कोरोना संक्रमणको पुष्टि भएको थियो। आज थप एक गरि स्याङ्जामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार