स्याङ्जा देखि पोखरासम्मका एक दर्जन स्थानमा सडक चौडा पारिदै

14
SHARES
118
VIEWS

मङ्सिर -४ स्याङ्जा सदरमुकाम देखि पोखरासम्मको सडक खण्डमा अति तीखो मोडलाइ कटान गरि सडक चौडा पार्ने कार्यले तिब्रता पाएको छ। नागबेली जस्तो सडक त्यसमाथी तिखा मोडहरुले दुर्घटनाको जोखिम बढ्दै गएकोले सडक फराकिलो पारिएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदीले जानकारी दिनुभयो। अध्यक्ष सुबेदीका अनुसार फेदीखोला गाउँपालिका र सडक डिभिजन कार्यलय पोखराले सडक फराकिलो पार्ने कार्य अगाडि बढाएको हो। तिखोमोडका कारण दुर्घटनाको जोखिम उच्च रहेका स्थानहरुलाइ छनोट गरि सदरमुकाम स्याङ्जा देखि पोखरा सम्मका करीब एक दर्जन स्थानमा सडक फराकिलो पारिएको सुबेदीले जानकारी दिदै यसबाट सडक दुर्घटनामा न्यूनीकरण हुने बताउनुभयो । केही स्थानमा सडक फराकिलो बनाइ कालोपत्रे समेत गरिएको छ भने केही स्थानमा निर्माण कार्य जारी रहेको छ। स्याङ्जाको प्रसिद्ध स्थल भालुपाहडमा पनि सडक चौडा पार्ने कार्य अगाडि बढाइएको छ। तिखो मोडका कारण चालकलाई सवारीसाधन चलाउन असुविधा हुँदै आएको छ।

चौडा पारिएको सडक
सडक चौडा पर्नका लागि निर्माणका क्रममा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार