मङ्सिर -४ स्याङ्जामा आज थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको अद्यावधिक विवरण अनुसार कोरोना संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर ५ का ६८ वर्षिय पुरुष , वडा नम्बर ९ का ४६ वर्षिय महिला र ५९ वर्षिय पुरुष , पुतलीबजार नगरपालिका वडा नम्बर ८ का ४१ वर्षिय महिला र बिरुवा गाउँपालिका वडा नम्बर ७ का २९ वर्षिय महिला रहेका छन् । आज पहिचान भएका संक्रमितहरुको चितवन मेडिकल कलेज चितवन, लाइफ एण्ड केयर डाइगोनोस्टिक प्रा.लि. पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकमा स्वाब परिक्षण गरिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक एवम् प्रबक्ता डा.बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । आज थप पाँच जना गरि स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ६६२ जना पुगेको छ। कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भैसकेको छ।
यता आज वालिङ नगर कार्यपालिकाको आज बसेको बैठकले वालिङ नगरपालिकाका १४ वटै वडामा सङ्क्रमणको दर बृद्धि भएसँगै जोखिम न्यूनिकरणका लागि एकहप्ता बन्द गर्ने निर्णय गरेको हो । अत्यावश्यक सेवाका बाहेक भोलिबाट स्याङ्जाको वालिङ नगरपालिका एक हप्ताको लागी बन्द रहने छ।
Discussion about this post