रुरुमा प्रदेशकै गौरव योजना अन्तर्गतको काम सुरु

17
SHARES
138
VIEWS


चिरन्जिवि ज्ञवाली,मंसिर-५।
नेपाल कै पवित्र रुरु धामकाे पुनर्निर्माण कार्यकाे बिधिबत रुपमा अाजदेखि शुरु भएसँगै रिडी बजारबासि हरुमा खुशि छाएकाे छ ।
विकासकाे वुहत गुरुयाेजना अन्तर्गत रिडी धामकाे स्वरुप र सँरचनामा कायापलट हुने गरि सगुन कन्ट्रक्सनले अाफ्नाे काम शुरु गरेकाे र पहिलाे चरणकाे ५७ कराेडकाे ठेक्काकाे काम जति सक्याे छिटाे सक्ने परियाेजनाकाे शुरुवात गर्दै कन्ट्रक्सनका व्यवथापक राेशन भण्डारीले कार्य स्थलमै बताउनु भएकाे छ ।
रुरुक्षेत्रकाे विकासका नारा हरु मात्र फलाक्ने तर सिन्काे नभाच्ने हरुलाइ यसपटक सँघ र प्रदेश सरकारले रुरुक्षेत्र बनाउने कामकाे शुरुवातनै गरिदिएपछि दराे जवाफ समेत मिलेकाे छ ।
ऐतिहासिक र धार्मिक महत्त्व राख्ने रुरुधाममा पहिलाे चरणमा चारैतिर बाँध बाँधेर काली गण्डकी र रिडी खाेलालाइ व्यवस्थित पारिने छ ।जसका लागि रिडी वारि र पारिका भित्ताहरुमा मशिनरि वाल लगाउने कार्य हुनेछ ।
गुरुयाेजना तयार भइसकेपछि बहु वर्षिय रुपमा कार्य गर्दै जाने र पहिलाे चरणमा कालिगण्डकि र रिडी खाेलाकाे सँगम स्थल सम्म दाेहाराे बाँधकाे निर्माण,ऋषिकेश मन्दिर परिसरमा अाकर्षक सजावट ,मन्दिर वरिपरिका जिर्ण भवन हरुकाे ठाउँमा सुविधा सम्पन्न धर्मशाला र यज्ञ शालाकाे निर्माण हुनेछ ।
रिडी पारिकाे बँगालामा विशाल प्रवेशद्वार निर्माण गरिने छ भने कालिगण्डकीकाे तट सम्म र ऋषिकेश मन्दिर हुँदै सत्येश्वर मन्दिर सम्म सुविधा सम्पन्न फुटट्रयाक का निर्माण सँगै पुष्प बाटिका समेत बनाइने भएकाे छ ।
बहुवर्षिय परियाेजनाकाे पहिलाे चरणकाे काम सकिए सँगै रिडीक्षेत्रमा बुक्षाराेपण शबदाह गृह निर्माण गाैशाला सँगै भक्तभक्तेनि हरुका लागि सुविधा सम्पन्न बृद्धाश्रम धार्मिक साँस्कृतिक र ऐतिहासिक सँग्रहालय ,साँस्कृतिक धार्मीक र ऐतिहासिक अनुसन्धान केन्द्र ,रिडीबजारका मठ मन्दिर र गुम्बाहरुकाे जिर्णाेद्दार सँगै स्थानिय गाउँहरुमा बहुसाँस्कृतिक हाेमस्टे समेतकाे निर्माण हुने बताइएकाे छ ।
सबै भन्दा महत्वाकांक्षी याेजनाकाे रुपमा काली गण्डकी नदिलाइ कुँडापानि देखि तल बाँध बाँधेर नदिकाे कन्चन र पवित्र जललाई तालकाे रुपमा सँग्रह गरिने पनि गुरुयाेजना मा समावेश छ भने गलफुल क्षेत्रला परम्पराबादि शैलिमा सजाउँदै विशाल गलफुल पार्क बनाइने बताइएकाे छ ।
मुख्यतया भारतकाे हरिद्दार र ऋषिकेश क्षेत्र भन्दा पनि सुन्दर स्वरुपमा रुरुधाम बिकास हुने र एसियाकै सुन्दर धार्मिक पर्यटन क्षेत्र बन्नेमा अाफु विश्वस्त रहेकाे प्रदेश साँसद कमलराज श्रेष्ठले बताउनु भयाे ।
रिडीकाे धार्मिक पर्यटन विकासका लागि माननिय परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली प्रदेशका उधाेग पर्यटन बन तथा बाताबरण मन्त्री लिला गिरी प्रदेश सभासद कमल राज श्रेष्ठ रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमकाे अथक प्रयास रहेकाे छ ।
पछिल्लो चरणमा रिडी चारै तिरकाे सडक सन्जालकाे केन्द्र समेत रहेकाे र याे ठाउँ हुँदै काली गण्डकी करिडाेर ,मदन भन्डारि राजमार्ग मध्यपहाडी लाेकमार्ग तानसेन रिडी तम्घास माेटर बाटाे , बुटवल रिडी बल्काेट , बुटवल रिडी बुर्तिबाँग सडक लागाएतका सडक हरु यहिबाट जाने भएपछि याे क्षेत्रकाे महत्व समेत बढेकाे छ ।
पछिल्लो चरणमा विकासका सबै अवयवहरुले छाेएपछि रुरुक्षेत्रबाट पलाएन भएका पनि फर्किन थालेकाे र मुख्य रुपले च्युरेक कुसेनि याडुँग स्याँगजाकाे किपट क्षेत्रमा समेत रिसाेर्ट र सुविधा सम्पन्न हाेटल बनाउन जग्गाको माग हुनथालेकाे छ भने याे क्षेत्रका जग्गाकाे मूल्य समेत ह्वात्तै बढेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार