मन्त्री अर्याल द्वारा एकै दिन कालीगण्डकीमा बिद्यालय भवन शिलान्यास एवम् उद्घाटन

16
SHARES
134
VIEWS

मंसिर -६ स्याङ्जाको कालीगण्डकीमा भूमि व्यवस्था , सहकारी एवम् गरिबी निवारण मन्त्री पद्मा अर्यालले आज कालीगण्डकी गाउँपालिकामा बिद्यालय भवन शिलान्यास एवम् उद्घाटन गर्नु भएको छ। मन्त्री अर्यालले कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री भवानी माविको चारकोठे पक्की भवनको एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ।

यस्तै गरि कालीगण्डकी गाउँपालिका वडा नम्बर १ छापडाँडामा अवस्थित श्री कोटाकोट आधारभूत बिद्यालयको छ कोठे भवनको पनि मन्त्री अर्यालले उद्घाटन गर्नु भयो। जिल्ला कार्यनयन इकाई शिक्षा र शिक्षा बिभाग द्वारा बिनियोजित कुल ४८, ६४ ,०५६ लागतमा उक्त ६ कोठे पक्की भवन निर्माण भएको बिद्यालयका प्रधानाध्यापक प्रथ बहादुर थापाले जानकारी दिनु भयो।

यस्तै गरि मन्त्री अर्यालले कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा रहेको श्री जनहित माविमा निर्माण हुन लागेको ९ कोठे भवनकोपनि एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको छ। साउदि अरेबियाको राजदुतावासको ( केन्द्रिय स्तरको आयोजना कार्यान्वयन इकाइ- CLPIU ) आर्थिक सहयोगमा बिद्यालय भवन निर्माण हुने श्री जनहित माविका बिद्यालय व्यवस्थापन समितका अध्यक्ष कृष्ण बहादुर लामिछाने मगरले जानकारी दिनुभयो। कुल दुई करोड ४७ लाख लागतमा बिद्यालय भवन निर्माण हुन लागेको अध्यक्ष लामिछाने बताउदै नौ कोठे अत्याधुनिक बिद्यालय भवनको निर्माण कार्य १५ महिना भित्रमा सम्पन्न हुनेसमेत जानकारी दिनु भयो। निर्माणको जिम्मेवारी गौरा निर्माण कम्पनीले प्राप्त गरेको छ। बिद्यालय भवन निर्माणको लागि पहल गरिदिने जिल्ला स्तरीय कार्यक्रम कार्यनयन इकाइ( शिक्षा) स्याङ्जा र जिल्ला शिक्षा बिकास समन्वय इकाई स्याङ्जा प्रती आभार व्यक्त गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार