स्याङ्जा – ०६ मंसिर २०७७,
भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालको प्रमुख अतिथ्यतामा कालिगण्डकी गााउँपालिका भित्रका सामुदायिक भवन र बिद्यालय भवनहरुको शिलन्यास तथा उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ।
शनिवार कालिगण्डकी गाउँपालिका भित्र आयोजित पाँच फरक-फरक कार्यक्रममा उपस्थित हुनुभएकी मन्त्री अर्यालले कालिगण्डकी गाउँपालिका वडा नम्बर २ कोटाकोट बेशिमा सामुदायिक भवन र वडा नम्बर चण्डिभज्याङ स्थित जनहित माध्यमिक विद्यालयको भवन शिलन्यास गर्नुभएको छ। साथै वडा नम्बर १ मै रहेको कोटाकोट आधारभूत विद्यालय र वडा नम्बर ३ मा अवस्थित भवानी माध्यमिक विद्यालयको भवन पनि आजै उदघाटन गर्नुभएको हो।
कार्यक्रममा स्याङ्जा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास , उपप्रमुख दिलिप वगाले, कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा, उपाध्यक्ष साबित्रा कोइराला, प्रमुख जिल्ला अधिकारी उमेश बस्नेत , नेकपा प्रदेश कमिटि सदस्य पुण्य प्रसाद भुषाल, जिल्ला आयोजना कार्यान्वयन ईकाई प्रमुख रामप्रसाद आचार्य ,जिल्ला बाल संगठनका अध्यक्ष सुजन भट्टराई, नेकपा स्याङ्जाका नेताहरू रामचन्द्र भट्टराई , कृष्ण लामिछाने , दिपक विश्वकर्मा, इन्द्र थापा, मिन प्रसाद कोइराला, सन्तोष केसी, शोभाकान्त पाण्डे, हर्क गुरुङ लगायत जिल्ला तहका नेतागण, विभिन्न संघ सस्थाका नेतृत्व गण , राष्ट्रिय युवा संघका विभिन्न तहका नेताहरू र स्थानिय जनप्रतिनिधिहरुको गरिमामय उपस्थिति रहेको थियोे।
Discussion about this post