मङ्सिर -७ स्याङ्जाको कालीगण्डकी गाउँपालिका अन्तर्गतका वडा नम्बर ५ जैपते र वडा नम्बर ७ मिर्मीमा वडा अध्यक्ष लोकेदार थापा र मुक्ति प्रसाद भट्टराईको अध्यक्षतामा हिउँदे उन्नत जातका घाँसको बीउ जै र भेच किसानहरूलाई वितरण गरिएको छ । एक कार्यक्रमका बिच वडा नम्बर ५ र ७ का करिब ४५ जना कृषकहरुलाइ गाउँपालिकाले निशुल्करुपम प्रती कृषक ५ किलो जै घाँसको बीउ र आधा किलो भेच घाँसको बीउ वितरण गरिएको कालीगण्डकी गाउँपालिकाका पशु सेवा प्राबिधिक छवि भट्टराईले जानकारी दिनु भयो। पशुपालनका लागि उपयोगी दुई प्रजातिका घाँसका बिउ बिशेष गरि दाना विस्थापन र कृषिकर्ममा लाग्न अभिप्रेरित गर्न यो कार्यक्रम केही वर्ष अघि देखि गाउँपालिकाले सुरुवात गरेको भट्टराईले जानकारी दिनुभयो। बीउ वितरण गाउँपालिकाका अन्य वडामा गरिने भट्टराईले जानकारी दिनुभयो।
हिउँदे घाँस ‘ जै ‘ उत्पादन प्रविधि
जै घाँस नरम पोषिलो एकबर्षे अकोशे भुइँघाँस हो ।
अरु घाँसको उपलब्धता कम हुने समयमा यो घाँसको उत्पादन लिन सकिन्छ ।
नेपालमा प्रचलित जातहरू
मध्यपहाड – नेत्र, केन्ट, कामधेनु, पार्बती, करिस्मा, गणेश
माटो
तराई देखि मध्यपहाड सम्म सबै खाले माटोमा उत्पादन दिने भएपनि पागो माटो उपयुक्त हुन्छ । पानी जम्ने अम्लीय माटो भने ठीक हुन्न।
जै घाँस तराई र मध्यपहाडमा असोज तेस्रो हप्तादेखि कार्तिक महिनासम्म वा खेतमा धान काटेसी वा बारीमा बर्खे बाली हटाएपछि लगाउन सकिन्छ। उच्च पहाडी क्षेत्रमा चैत वैशाखमा लगाउन सकिन्छ।
रोपेको दुई महिनामा पहिलो पटक काट्न सकिन्छ। एक सिजनमा ३-४ पटक काट्न सकिन्छ। घाँस काटेपछि नाइट्रोजन मल दिने भने बढी उत्पादन लिन सकिन्छ।
एक रोपनीको लागि ५_६ केजी बिउ आवश्यक पर्छ। बिउ ५ सेमी जति गहिरो गरी २०-२५ सेमीको फरकमा रोप्नुपर्छ। जै घाँस भेचसँग मिश्रित रूपमा लगाउन पनि सकिन्छ ।




Discussion about this post