एसिड प्रहारमा संलग्न दुई जना पक्राउ

13
SHARES
112
VIEWS

काठमाण्डौ – काठमाण्डौको सोल्टी दोबाटोमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

प्रहरी परिसर काठमाण्डौ र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा डल्लु बस्ने रौतहटको लक्ष्मीपुरका मोहम्मद आलम र अर्का मुन्ना मोहम्मद रहेका महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता इश्वर कार्कीले जानकारी दिनुभयो । 

प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धका कारण एसिड प्रहार भएको देखिएको पनि उहाँले बताउनुभयो । हिजो बेलुका युवतीमाथि एसिड प्रहार भएको थियो ।

ओलखढुंगा घर भएकी युवतीमाथि सोल्टी दोबाटोमा एसिड प्रहार भएको हो । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ भागको कपाल, गाला र घाँटीको केही भागमा एसिड परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार