मङ्सिर -७ पाल्पामा आज दिउँसो एक गोठमा आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ। तानसेन नगरपालिका वडा नम्बर १० मा रहेको रुपा गैरेको गोठमा कुडो पकाउने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। आगोलाई स्थानीयवासी द्वारा करिब आधा घण्टा पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो । सूचना अधिकारी गिरीका अनुसार आगोलागीमा परी गोठ , मकै , पराल र दाउरा गरि करिब २ लाख बराबरको क्षति भएको छ। आगलागीमा परि कुनै मानवीय तथा पशुमाक्षति नभएको प्रहरीले जनाएको छ। पाल्पामा आगलागीका घटनामा पछिल्लो समयमा वृद्धि आएको छ।
Discussion about this post