मङ्सिर -८ स्याङ्जाको कालीगण्डकी गाउँपलिकामा अवैध सालको काठ प्रहरीले बरामद गरेको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ तेरघरे झर्याङ्दी बनमा वेवारिसे अवस्थामा सालको काठ आइतबार प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो। सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यलय चौकी विर्घाबाट खटिएको प्रहरी अधिकृत सहितको टोली उक्त स्थानमा गई हेर्दा ५५ गोलिया (१२२.१५ क्यू.फिट) अं. मूल्य रु. १,२२,१५०।– बरावरको अवैध साल जातको काठ फेला परेको हो। बरामद गरेको काठलाइ आवश्यक कारवाहीको लागी सव डिभिजन बन कार्यालय गल्याङ, स्याङ्जामा बुझाईएको प्रहरीले जनाएको छ ।
Discussion about this post