स्याङ्जामा आज थप ५ जना कोरोना संक्रमित थपिए

13
SHARES
106
VIEWS

मङ्सिर -८ स्याङ्जामा पछिल्लो २४ घण्टामा आज ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको अध्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरु वालिङ नगरपालिका वडा नम्बर ८ का ३८ र २३ वर्षिय महिला र सोही वडाकै २२ र ५० वर्षका पुरुष रहेका छन् । यस्तै गरि अन्य एक जना भने बिरुवा गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षिय महिला रहेका छन् । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक एवं प्रबक्ता डा.बिनोद बिन्दु शर्माका अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरू सवै समुदाय स्तरका रहेका छन् । उनिहरुको स्वाब परिक्षण क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको थियो। स्याङ्जामा आज थप ५ जना गरि कोरोना संक्रमितको कुल सङ्ख्या ६७७ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार