मङ्सिर -१० पाल्पामा मंगलबार बेलुका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा रैना देवि छहरा गाउँपालिका वडा नम्बर ६ वस्ने रमन भट्टराई रहेका छन् । घाइते हुनेहरुमा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ६ चहला बस्ने बर्ष १६ कि रक्षा के.सी, १५ वर्षकि सविक्षा के.सी र १४ वर्षको विकास रायमाझी रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ । मंगलबार बेलुका ६ :१० मा चहलासिमल स्थित भित्री कच्चि सडक खण्डमा दमारबाट माझिटोल तर्फ पराल लोड गरी आउदै गरेको लु ३ त ७१५६ नं. को ट्याक्टर अनियन्त्रित भई सडक देखी करिब १० मिटर तल खस्न जादा उक्त दुर्घटना भएको थियो। दुर्घटनामा परि मृत्यु हुने उक्त ट्याक्टरमा सहचालको काम गर्दै आएका थिए। घाइते तीनै जनालाई बुटवलको तिनाउ मेडिकल हलमा उपचार भैरहेको र तीनै जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
Discussion about this post