माझी बस्तीमा पालीकाको कुखुराका खोर, बाटो र घर

17
SHARES
145
VIEWS


रोशन लामिछाने
स्याङ्जा, ११ मंसिर

माछा मारेर गुजरा चलाउदै आएका पुतलीबजार नगरपालिका–१३, को माझी बस्तीमा पुतलीबजार नगरपालिकाको कार्यालयले कुखुराका खोर निर्माण गरिदिएको छ । माझीहरुको आयआर्जनमा सहयोग होस् भनेर पुतलीबजार नगरपालीकाले खोर निर्माण गरिदिएको हो ।

पालीकाले कुखुराको खोरमा आवश्यक पर्ने औजार तथा कुखुराका चल्ला, दाना र औषधी व्यवस्था गरिदिएको स्थानीय उमामायाँ माझीले जानकारी दिईन् । उनले आफुहरुलाई पालीकाले धेरै सहयोग गरेको बताउदै आवश्यक परेका सामाग्री माग गर्ने बताइएन् ।

पुतलीबजार नगरपालिकाले माझी बस्तीका २४ घरधुरीहरुमा ३० लाखको लगानीगरी २४ वटा कुखुराका खोर, २ वटा घर र गोरेटो बाटो निर्माण गरिदिएको छ । २४ घरधुरीका १ सय २५ जना माझीहरु लाभान्बीत भएका छन् । त्यसैगरी पालीकाले कुखुरालाई आवश्यक पर्ने दाना र औषधी पनी उपलब्ध गराएको छ ।

माझी बस्तीको अवलोकन गर्दै पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सिमाकुमारी क्षेत्रीले उनीहरुको दयानीय स्थीती देखेर संघ सरकारसग समन्वय गरी ३० लाख माझी बस्तीमा सहयोग गरेको जानकारी दिईन् । नगरप्रमुख क्षेत्रीले माझी बस्तीको उत्थानका लागि अझै पुतलीबजार नगरपालिकाले सहयोग गर्न चाहेको बताईन् ।

पुतलीबजार नगरपालिकाको कार्यालयबाट आर्थीक तथा प्राविधिक सहयोग पछि नेपालबाटै लोपउन्मुख अवस्थामा रहेको माझी बस्तीको मुहारै फेरीएको छ । माझी बस्तीमा खरले छाएका पुराना घरहरुलाई अहिले जस्ताले सझाइएको स्थानीयहरुको भनाई रहेको छ ।

साना साना बच्चा बच्ची अध्यानका लागि विद्यालय जाने गरेपनी बयस्क युवा युवतीहरु र जेष्ठ नागरीकहरु माछा मार्ने र गिटी बालुवा बोकेरा गुजारा चलाउदै आएका छन् । उनीहरुलाई व्यवहारीक बनाउन कुलतबाट बचाउनु पर्ने देखीन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार