मंसिर -१२ सिद्वार्थ राजमार्ग अन्तर्गत झुम्सा – दोभान सडक खण्ड १४ गते बाट दैनिक ४ घण्टा अवरुद्ध हुने भएको छ। सो सडक खण्डमा कालोपत्रे गर्नेकार्य तिब्र पारिएकोले मंसिर १४ गते बाट १८ गते सम्म सडक अवरुद्ध हुने सडक डिभिजन कार्यलय पाल्पाले जानकारी दिएको छ। सडक डिभिजन कार्यलय पाल्पाको अनुसार बिहान १०:३० देखि १२:३० बजे सम्म दिउँसो २ बजे देखि ४ बजे सम्म दैनिक ४ घण्टा सडक बन्द रहने छ। यस वर्ष परेको अत्याधिक वर्षाका कारण सडकमा क्षति पुगेकोले सो सडक खण्डमा यात्रा गर्न असहज बन्दै आएको छ।
Discussion about this post