मंसिर -१२ स्याङ्जामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार अर्जुनचौपारी नगरपालिका वडा नम्बर २ का ५८ वर्षिय महिलाको आज उपचारका क्रममा मृत्यु भएको हो। उनको मणिपाल शिक्षण अस्पतालमा आज दिउँसो १:३० बजे मृत्यु भएको हो। मृतकमा मृगौला रोगबाट ग्रसित रहेका थिए । उनमा मङ्सिर १० गते कोरोना पुष्टि भएको थियो। आज थप एक जना गरि स्याङ्जामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।
Discussion about this post