स्याङ्जामा आज १९ जना कोरोना संक्रमित थपिए

12
SHARES
103
VIEWS

मंसिर -१२ स्याङ्जामा आज एकै दिन थप १९ जना कोरोना संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको अध्यावधिक विवरण अनुसार कोरोना संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिकाका १७ र ४६ वर्षीया महिला , ३५ , २३ , ५७ , ३० , ७७ र वडा नम्बर ८ का ५१ वर्षका पुरुष रहेका छन् । यस्तै गरि अन्य संक्रमित हुनेहरु बिरुवा गाउँपालिका वडा नम्बर ७ का ५५ र ३० वर्षीया महिला र ४० वर्षका पुरुष , पुतलीबजार नगरपालिकाका ४१ , ६४ , १४ र ७७ वर्षका पुरुष र फेदीखोला गाउँपालिकाका ५८, ४८ , ३९ र १६ वर्षका पुरुष रहेका छन् । आज कोरोना संक्रमणको पुष्टि हुनेहरुको स्वाब परिक्षण क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको जानकारी गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रबक्ता डा. बिनोद बिन्दु शर्माले जानकारी दिनु भयो। यस्तै वालिङमा आज कोरोना संक्रमणको पुष्टि भएकाहरु समुदाय स्तरका रहेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिनु भयो। आज थप १९ गरि स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ७०९ जना पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार