पत्रकार महासंघ स्याङ्जाका सचिव सुवेदीलाई कोरोना पुष्टी

13
SHARES
108
VIEWS

१३ मङ्सिर,स्याङ्जा –  नेपाल पत्रकार महासंघ स्याङ्जाका सचिव सुशिल सुवेदीलाई शुक्रबार कोरोना पोजेटिभ पुष्टी भएको छ। वालिङका  सुवेदीलाई सामान्य रुघा देखिएपछि विगत ५ दिनदेखि होम आईशोलेसनमै हुनुहुन्थ्यो ।स्याङ्जामा पहिलो पटक पत्रकारलाई कोरोना संक्रमण पुष्टी भएको हो। सुवेदीले छिट्टै कोरोनालाई परास्त गर्ने बताउनुभएको छ ।

नेपाल टेलिभिजनका स्याङ्जा संवादाता समेत रहनुभएका सुवेदी थाहा खबर, सिनेकला डटकम, मेरो दृष्टिमा समेत आवद्ध रहनुभएको छ । होम आईशोलेसनमा रहनुभएका सुवेदीले दिनहुँ तातो पानी,तुलसी, अदुवा पानी, गुर्जोको रस, झोलिलो पदार्थहरु खाईरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार