मंसिर -१४ पाल्पामा शनिबार बेलुका एक गोठ भत्किदा चार लाख बराबरको क्षति भएको छ। रैनादेवी छहरा गाउँपालिका वडा ३ रीठाबोट बस्ने कृष्ण प्रसाद अधिकारीको एक तले कच्ची गोठ भत्किएको थियो। गोठ भत्किदा च्यापिएर एक लैनो भैंसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ गोठमा रहेका अन्य एक पाडी र चार वटा बाख्रालाई जिवितै उद्दार गरिएको घर धनी कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो।
Discussion about this post