स्याङ्जामा वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

12
SHARES
101
VIEWS

मंसिर -१४ स्याङ्जाकी एक वालिकालाइ जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा जिल्ला पालुङटार नगरपालिका वडा नम्बर १ मा बस्ने ३६ वर्षका दल बहादुर थापा रहेका छन् । शनिबार राति करिब १०:४५ बजेको समयमा स्याङजा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १ मा बस्ने १६ वर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो। सूचना अधिकारी एवम् प्रबक्ता अधिकारीका अनुसार बिवाह गर्छु भनि बिभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको जाहेरी दरखास्त प्रहरी कार्यालयमा प्राप्त भएको हुँदा निज दल बहादुर थापालाई पक्राउ गरिएको हो। पक्राउ परेका थापालाई करणी सम्बन्धी कसुर “जवरजस्ती करणी” मुद्दामा मुद्दा दर्ता गरी सम्मानित स्याङजा जिल्ला अदालतबाट५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार