रिडी रुद्र्बेणी हर्मिचौर सडक खण्ड एक दैनिक ९ घण्टा बन्द हुने

22
SHARES
181
VIEWS

मङ्सिर १८ गतेबाट एक महिना सम्मको लागि रिडी रुद्रबेणी हर्मिचौर सडक खण्ड दैनिक ९ घण्टा बन्द गरिने भएको छ। सो सडक खण्डमा कालोपत्रे कार्य सुरु हुने भएकोले उक्त सडक खण्डमा सवारी आवागमनलाई बन्द गर्नु परेको योजना प्रमुख सुबोध कुमार देवकोटा द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ। सवारी आवागमनको तालिकाअनुसार बिहान ६ बजे देखि ९ बजे सम्म , दिउँसो १२ बजे देखि ४ बजे सम्म र बेलुका ६ बजे देखि ८ बजे सम्म सो सडक खण्ड बन्द रहनेछ। २१ किलोमीटर सडक खण्ड कालोपत्रेका लागि शनिबार नेपाल सरकारका परराष्ट मन्त्री प्रदीपकुमार ज्ञवाली द्वारा शिलान्यास पश्चात् निर्माण कार्य सुरु हुन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार