स्याङ्जामा प्रहरी द्वारा अवैध काठ वरामद

13
SHARES
111
VIEWS

मङ्सिर -१६ स्याङ्जामा प्रहरीले अवैध काठ वरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत प्रहरी चौकी पिडीखोलाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले सोमबार गल्याङ नगरपालिका वडा नम्बर ६ छबिसे स्थितमा ग.१ त. ५३४८ नं. को ट्याक्टर चेकजाँच गर्ने क्रममा अवैध काठ फेला परेकोले बरमाद गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद प्रसाद अधिकारीले जानकारी दिनुभयो। सूचना अधिकारीका अनुसार बरामद गरिएको सालको काठ चिरेको पुरानो १४ थान , चिलाउनेको काठ १२ थान र मौवाको काठ ४ थान र चालकलाई आवश्यक कारवाहीको लागि सव डिभिजन बन कार्यालय गल्याङ, स्याङ्जामा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार