कालीगण्डकी गाउँपालिका अपांग मैत्री हुनुपर्छ: तारा प्रसाद पाण्डे

12
SHARES
99
VIEWS

यम सोमै (मंसिर -१८) स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा २९ औ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अपांग समन्वय समितिका सदस्य तारा प्रसाद पाण्डेले गाउँपालिका अपांग मैत्री हुनुपर्ने बताउनु भएको छ । गाउँपालिकाको अपांग सम्बन्धि आधिकारिक कार्यक्रममा आफुलाइ ढिलो गरि बोलाइएकोमा गुनासो व्यक्त गर्दै पाण्डेले कालीगण्डकी गाउँपालिकाले अपांगहरुको हितमा धेरै काम गर्न बाकी रहेको बताउनुभयो । कालीगण्डकी पोष्ट संगको संक्षिप्त कुराकानीका क्रममाअपांग समन्वय समितिका सदस्य पाण्डेले गाउँपालिकाले अव “ग” र “घ”वर्गका अपांगहरुलाई पनि भत्ता प्रदान गनुपर्ने , गाउँपालिकाको कार्यपालिका समितिमा एक जना अपांगको प्रतिनिधि हुनुपर्ने , गाउँपालिका भित्रका प्रशासनिक कार्यलयका भवनहरु अपांग मैत्री हुनुपर्ने , अपांगहरुकालागि रोजगारीको व्यवस्था गर्नुपर्ने र ” क” वर्गका अपांगहरुका संरक्षकहरुलाई समेत भत्ताको व्यवस्था गर्नुपर्ने जस्ता आफ्नो माग सहितको धारणा कार्यक्रममा प्रस्तुत गरेको बताउनुभयो । आजको दिन अपांगता भएकाहरूका लागि पर्वको दिन भएता पनि राज्यले अपांगको हितमा काम गर्न नसक्दा आफुहरुलाई दुख लागेको बताउनुभयो । गाउँपालिकाभित्र हाल सम्म वडा नम्बर २ मा एक जनालाई बाहेक अन्य कुनै अपांगलाइ रोजगारी प्रदान गरिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार