स्याङ्जामा हाल सम्म ६७४ जना कोरोना संक्रमण मुक्त

13
SHARES
106
VIEWS

मङ्सिर -२१ , स्याङ्जामा हाल सम्म ६७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालय पोखराको पछिल्लो अद्यावधिक कोरोना विवरण अनुसार हाल सम्म स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या आज थप ३ जना गरि ७४३ जना पुगेको छ। आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा पुतलीबजार नगरपालिका वडा नम्बर २का ४१ वर्षका पुरुष , वालिङ नगरपालिका वडा नम्बर ९ का ५१ वर्षका पुरुष र चापाकोट नगरपालिका वडा नम्बर ८ का ८५ वर्षिय पुरुष रहेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल स्याङ्जामा ५६ जना कोभिड -१९ अर्थात कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमण बाट स्याङ्जामा हाल सम्म गण्डकी प्रदेश पोखरामा १३ जना र पाल्पामा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार