राजन भट्टराई मंसिर २३
स्याङ्जा चापाकोट : कोरोना त्रासको कारण घरभित्रै बसेका सर्वसाधारण यति बेला घर बाहिरको प्राकृतिक गन्तव्य खोज्न्न थालेका छन।अहिले चापाकोट नगरपालिका भित्र रहेको रामडाँडा आन्तरिक पर्टनयको रोजाईमा पर्न थालेको छ।
कोरोना त्रासको कारण घरमै बसेका सर्वसाधारण यतिबेला परिवारसित नजिकैको धर्मिक र पर्यटकीय क्षेत्र घुमघाम गर्ने अभ्यास शुरु भएसँगै रामडाँडामा दैनिक सयौँको संख्यामा पर्यटक बढ्न थालेका छन ।
उच्च स्थानमा रहेको रामडाँडामा कान्छी मनकामना देविको मन्दिर, चापाकोट नगरपालिका बाट निर्माणाधीन विशाल ठूलो शिबजीको मुर्ति, सामाजिक संस्था We Love People ग्रुप द्वारा राखिएको ४२ फिट अग्लो नेपालको राष्ट्रिय,
रामडाँडाबाट पश्चचिम भेगमा रहेको सल्लाघारी वनले पर्यटकको मनै लोभ्याउँदछ।
ऐतिहासिक धर्मिक महत्व बोकेको यस क्षेत्रबाट देखिने हिमश्रृङखलाको दृश्य,प्याराग्लाइडिङ र यहाँबाट देखिने स्याङ्जा चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिका र कालिगण्डकी उत्तरबाहिनि क्षेत्र कालिगण्डकी सेरोफेरोको दृश्यले मन्मोहक बनाँउदछ ।
यस क्षेत्रमा आवज-जावज गर्न चापाकोट नगरपालिका वडा न.८ र ५ लाई जोड्ने गरि राखिएको स्याङ्जा जिल्लाकै अग्लो लामो पुलले झनै पर्यटनको आकर्षण बढाएको मानिन्छ।
यस्ता क्षेत्रको पर्यटन प्रवर्द्धन र संरक्षण गर्न सके आन्तरिक पर्यटन वृद्धिसँगै बाहिय् पर्यटक भित्र्याउन सके चापाकोट नगरपालिका मात्र नभई समग्र जिल्ला र देशको समृद्धिको आधार बन्न सक्ने स्थानीय जनप्रतिनिधिहरुको ठम्याइ छ।
Discussion about this post