रिप्दीकोट गाउँपालिका फेकमा रहेका ८ बिद्यालयका ६०० बिद्यार्थीलाई न्यायो कपडा वितरण

13
SHARES
112
VIEWS


मंसिर- २६, पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका ८ फेकमा रहेका ८ बिधालयका ६ सय बढी बिधार्थीहरु लाई न्यानो कपडा बितरण गरिएको छ ।गत आर्थीक बर्षमा बिनियोजित रकम बाट वडा पालिकाको सहकार्यमा वडापालिका भित्र रहेका बिधालय मध्य ज्ञानमाला मावि फेक र ताल्तुङ मावि पेलाचौरमा कपडा बितरण गरेको गाउँ पालिकाले जनाएको छ ।केही दिन यता चिसो बढेको कारण बिधालय आउने बालबालिकालाई चिसोबाट बच्नको लागि न्यानो लुगा सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो अध्यक्ष जिसीले विभिन्न कारणले विद्यार्थीहरुले पढाई छाड्दै गईरहेको प्रशंग उल्लेख गर्दै रिब्दीकोट गाउँपालिका का विद्यार्थीहरुको व्यक्तित्व विकासमा समेत लागी परेको बताउनुभयो ।वडा अध्यक्ष नारायण बहादुर लाम्टाङले कोराना बाट प्रभावित बनेको बिधालय र बिधार्थीहरु लाई सबै खाले स्वास्थ्य मापदन्ड पालाना गराएर बिधालय सम्म आउने बतावरण सृजना गरेको बताउदै न्यानो कपडा बितरण कार्यक्मले समेत बिधार्थीहरुको मनोबल बढ्ने बताउनु भयो वडा पालिका सदस्य दान बहादुर कामी वडा सदस्य चक्र बहादुर कुवँर ज्ञानमालाका प्रअ गोविन्द खड्का स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार