छाप दब्छे बिर्घा रिडी सडक खण्डको कालोपत्रे गर्ने कार्यको शिलान्यास

13
SHARES
109
VIEWS

मङ्सिर -२७ , स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा छाँप -दब्छे -सुलसुले -रिडी सडक खण्डको कालोपत्रे गर्ने कार्यको शिलान्यास भएको छ। सो सडक खण्डको शिलान्यास आज एक कार्यक्रमका बिच कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरले गर्नु भएको हो। कालीगण्डकी गाउँपालिकाको भित्री सडक खण्डमा पहिलो पटक सडक कालोपत्रे गर्न लागिएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिनुभयो। प्रदेश सरकार र कालीगण्डकी गाउँपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत करीब रु ६ करोड ६० लाख लागतमा उक्त ३ किलोमीटर सडक खण्ड कालोपत्रे हुन लागेको कालीगण्डकी गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख सागर आचार्यले जानकारी दिनुभयो। सडकखण्डलाइ कालोपत्र गर्नका लागि सिएम एन्ड बिएन जेभीले निर्माणको जिम्मा लिएको प्राबिधिक शाखाका प्रमुख आचार्यले जानकारी दिनुभयो । बर्षाको समयमा अत्याधिक हिलो र चिप्लो हुने र हिउँदमा धुलो हुनेभएकोले सो सडक खण्डमा यात्र गर्न कठिन हुँदै आएको छ। सडक खण्ड कालोपत्रे गरिए पश्चात् यस भेगका जनताहरुको आवागमनमा सहज हुने कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लिलाबल्लभ अधिकारीले बताउनुभयो ।

सडक खण्डमा कालोपत्रे गर्नका लागी १५ महिनाको समय अवधी तोकिएको भए पनि निर्माण कम्पनीले ११ महिनामै सम्पन्न गर्ने दावी गरेको छ। सडक खण्डमा कालोपत्रे कार्यको सुरु भएकोमा खुशी व्यक्त गर्दै तोकिएको समय अवधिमा नै सडक खण्डमा कालोपत्रे गर्न कार्य सम्पन्न हुनेमा आफू आश्वस्त रहेको श्री ध्रुव ज्योति मावि दब्छेका प्रधानाध्यापक हिरा बहादुर गाहामगरले बताउनुभयो । ध्रुव ज्योति मावी दब्छेमा अध्ययनगर्न आउने विद्यार्थीका लागी समेत सो सडक खण्ड निर्माण पश्चात् सहज हुने प्रधानाध्यापक गाहामगरले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार