रुरुमा देउराली झाेलुँगे पुलकाे शिलान्यास र ग्वादी माध्यमिक बिध्यालयकाे ४ काेठे भवनका उदघाटन

13
SHARES
107
VIEWS


चिरञ्जीवी ज्ञवाली,मंसिर-२८
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले निर्वाचनका बेला अाफुले गरेका बाचा पूरा गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नु भएकाे छ ।
शनिवार रुरुक्षेत्र गाउँपालिका वडा न २ ग्वादिमा देउराली झाेलुँगे पुलकाे शिलान्यास र ग्वादी माध्यमिक बिध्यालयकाे ४ काेठे भवनका उदघाटन गर्न अाउनु भएका बरालले जति गरे पनि विकासकाे अन्त्य नहुने बताउनु हुँदै प्राथमिकताका र अावस्यकता अाधारमा विकास अगाडि वढाउनु पर्नेमा जाेड दिनु भयाे ।
युवाहरुलाइ भाैतिक हाेइन सिर्जनशिल बन्न अाग्रह गर्दै मन्त्री बरालले युवा सिर्जनशिल बने मात्र विकास र परिवर्तन सम्भव हुने बताउनु भयाे ।
एक प्रसँगमा मन्त्री बरालले पार्टी भित्रकाे माथिकाे बिवादले तल्लाे तहमा केही असर नगर्ने भन्दै कार्यकर्ता लाई अास्वस्त पार्नु भएकाे थियाे ।

कार्यक्रम मा अाफ्नाे धारणा राख्दै रुरुक्षेत्र गाउँपालीका प्रमुख निलकण्ठ गौतमले राज्य ले विकास अायाेजना सन्चालन गर्ने फेसबुकमा मैले यसाे गरे उसाे गरे भनेर प्रचारबाजी गर्ने फेसवुके समाचार अर्थहिन भएकाे बताउनु भयाे ।

कार्यक्रममा अाफ्ना धारंणा राख्दै राज्यले विकासका अायाेजना सन्चालन गर्ने फेसबुक मा मैले यसाे गरेँ उसाे गरे भनेर प्रचारबाजी गर्ने फेसबुके सनाचार अर्थहिन भएकाे बताउनु भयाे ।
तल्लाे तहमा कार्यान्वयन गर्ने स्थानिय तह छ र माथिल्लो तहमा मन्त्री ज्यु हरु हुनुहुन्छ बिचमा बिचाैलिया अावस्यक नभएको र बिचौलियाकाे धेरै चुरिफिरि सैह्य नहुने अध्यक्ष गौतमले बताउनु भयाे ।
नेकपा रुरु क्षेत्र गाउँ पालिका इन्चार्ज हिमाल श्रेष्ठले विकास पहाडका गाउँघर तिर उकालाे लागिरहँदा गाउँबाट वासिन्दा शहर पलाएन बढेकाले गाउँमै अवसरकाे सिर्जना गर्नु पर्नेमा जाेड दिनु भयाे ।
रुरुगाउँ पालिका वडा न २ का वडाध्यक्ष घनस्याम अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली काँग्रेस का देवेन्द्र मल्ल रुरु गाउँ पालिका उपाध्यक्ष लक्ष्मी पन्थ लगाएतले अाफ्ना धारणा राख्नु भएकाे थियाे ।
साविक ग्वादि गाउँ बिकास समितिकाे वडा न ६ ,७ र ८काे काेलौदिलााइ देउराली सँग जाेड्ने १ सय सैतिस मिटर लामाे र ६५ मिटर अग्लाे झाेलुँगे पुलकाे मन्त्री बरालले शिलान्यास गर्नु भएकाे हाे ।२०७८ मँशिरमा निर्माण सम्पन्न हुने पुलकाे निर्माण लागत ५८ लाख रहेकाे छ ।याे पुल निर्माण भए सँगै ४५ मिनट लाग्ने समय घटेर १० मिनटमा पुग्न सकिने छ ।यसै गरि शनिवार नै ग्वादि माध्यमिक विध्यालयकाे चारकाेठे भवनकाे मन्त्री बरालले उदघाटन गर्नु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार