कालीगण्डकी गाउँपालिकाको जेसिवीमा आगलागी

12
SHARES
100
VIEWS

मङ्सिर -२८- कालिगण्डकी गाउँपालिकाको जेसिवीमा शनिबार राती आगलागी भएको छ । कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ५ स्थित रिप भन्ने स्थानमा पार्किङ गरिराखेको जेसिबिमा आगोलागी भएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिनुभयो। आगलागीबाट डोजर पूर्णरुपमा जलेर नष्ट भएको सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो।
शनिबार राती अन्दाजी ८ बजेतिर पालिकाको लु १ क २६७४ नम्बरको जेसिबिमा आगलागी भएको जिल्ला प्ररहरी कार्यलय स्याङ्जाका एसपी होबिन्द्र बोगटीले जानकारी दिनु भयो। आगलागी आफैं भएको हो वा कसैको संग्लनता भयो भन्ने पुष्टि नभएको एसपी बोगटीले बताउनु भयो। गाउँपालिकाले ३ बर्ष अगाडि जेसिबि खरिद गरेको थियो।
घटना सम्बन्धि थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार