मङ्सिर -३० स्याङ्जाका समाजसेवी डा. टोकराज पाण्डे र छवि भण्डारीद्वारा स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल आलमदेवी मन्दिरका लागि ६ वटा फलामका कुर्ची प्रदान भएको छ। स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित आलमदेवी मन्दिरका लागि डा. टोकराज पाण्डे द्वारा तीनवटा र छवि भण्डारी द्वारा तीनवटा वटा गरि ६ वटा फलामका कुर्ची प्राप्त भएको श्री भवानी माविका शिक्षक एवम् स्थानीय समाजसेवी दिपक प्रकाश घिलेले जानकारी दिनु भयो। करिब २ मिटर लम्बाई भएको फलामे कुर्ची एकदम मजबुत र बलियो हुनुका साथै प्रत्येक कुर्चीमा कम्तीमा पनि ५ जना अट्ने क्षमताका रहेको शिक्षक एवम् समाजसेवी घिलेले जानकारी दिनुभयो। समाजसेवी छवि भण्डारी कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे स्थायी घर भइ हाल अमेरिकामा बस्दै आउनु भएको छ भने कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घा मौला स्थायी ठेगाना भएका डा. टोकराज पाण्डे नेपाल सरकारको निजामती सेवा अन्तर्गत सह सचिब पदमा कार्यरत रहेका छन् । प्रवेश द्वारा र रेलिङ सहितको पर्खाल निर्माण पश्चात् आकर्षक देखिएको आलमदेवी मन्दीरमा भक्तजनका लागी बस्नका कुर्चीको समेत वयवस्था भएको छ।
Discussion about this post