चुरामणी तिमिल्सिना पुष-१ पाल्पा अर्गलीका दुर्गादत्त रेग्मी सहित ५ जना गुरुहरु र १ जना सामाजिक अभियान्ता एकऔपचारिक कार्यक्रमका साथ सम्मानित भएका छन्। पाल्पा जिल्लाको अर्गलिमा जन्मेका पूर्व जलस्रोत मन्त्री हरि पाण्डेले आफुलाइ अध्यापन गराउने गुरु तथा समाजिक अभियनतालाई सम्मान गर्नु भएको छ। पूर्वमन्त्रीले आफुले अध्ययन गरेको त्रिभुवन माविका गरुहरुलाई एक कार्यक्रमको आयोजना गरि गुरु दक्षिणा सहित सम्मान गर्नुभएको हो। कार्यक्रममा सम्मानित हुने गुरुहरुमा दुर्गा दत्त रेग्मी, कृष्ण चन्द्र गैरे , श्रीधर प्रसाद भट्टराई , पुर्णलाल जोशी र पाल्पा अर्गलिका सामाजिक अभियान्ता तथा समाजसेबी जिदिननाथ गैरे रहेका छन् । सम्मानित हुने सवै जनालाई नगद , सम्मानपत्र र पाल्पालीकरुवा सहित सम्मान गरिएको मातृसेवा प्रतिष्ठानका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष तुलसादेवी पान्डेले जानकारी दिनुभयो । सोही कार्यक्रमै मन्त्री पान्डेले दुर्गादत्त रेग्मीलाई बिगत त्रिभुवन माविको हिरकमहोत्सव समारोहमा घोषणा गरेको रु १ लाख गुरु दक्षिण र ब्याज सहित रु १ लाख १० हजार प्रदान गर्नु भएको थियोे भने अन्य गुरुलाइ विशेष सम्मान गरिएको थियो। कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाही प्रमुख अतिथी रहनु भएको थियो भने विशेष अतिथिमा मन्त्री हरि पान्डे, वडा नम्बर १४ का वडा अध्यक्ष कमल राना रहनु भएको थियो ।कार्यक्रममा हृषिकेश मन्दिरका अध्यक्ष पर्शुराम भट्टराई , विभिन्न दलका पाटी प्रमुखहरु , विभिन्न बिद्यालयका प्रधानाध्यापकहरु , महिला समूह लगायत अन्य स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी शाहिले यस्ता सामाजिक संघ- संस्थाले स्थानिय भेगका बिद्यालय तथा सामाजिक कार्यक्रममा दिएको सहयोगको प्रसंशा गर्नु हुँदै मन्त्री पान्डेलाइ उपस्थिति तथा सम्मान कार्यक्रमका लागि आभार प्रकट गर्नुभयो । कार्यक्रमका विशेष अतिथी हरि पान्डेले आफ्ना गाउँ मात्र नहेरी सबै स्थानिय तह सम्म आफ्नो संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । यतागुरु दक्षिण पाएका दुर्गादत्तले आफ्ना चेलाहरुले आज यसरी कार्यक्रम गरेर सम्मान पाउदा खुशीको सिमा नभएको बताउनु भयो। त्रिभुवन माविका प्रधानाध्यापक नारायण नेपालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक सन्जय भट्टराईले गर्नु भएको थियोे ।
Discussion about this post