चुरामणी तिमिल्सिना पुस २ नेपालको चार धाम मध्ये एक धाम रुरु क्षेत्र रिडीमा आफ्नो प्रधान कार्यलय स्थापना गरि विभिन्न सूचना ,समाचार , धार्मिक पौराणिक , सास्कृतिक सम्पदा तथा खोज मुलक कार्यक्रमलाई विभिन्न नेटवर्कबाट रुरु धार्मिक सञ्चार प्रालिले प्रकाशन तथा प्रसारण गरिरहेको छ । यस संस्थाको हरेक गतिविधिले समाज सुधार गर्ने देखि संस्कृति संरक्षण गर्ने कार्यक्रम अगाडी बढाएको देखेर प्रभावित भइ समाजसेवी फर्शुराम पान्डेयले संस्थालाइ सहयोग प्रदान गर्नु भएको छ। हाल नेपाल विद्युत प्राधिकरण कालीगण्डकी “ए” जलविद्युत केन्द्रमा सहायक निर्देशक तथा लेखा प्रमुखको कार्यरत पाण्डेले आज आफ्नो जन्म दिनको उपलक्ष्यमा रुरु धार्मिक सेवा सञ्चारको कार्यलयलाई नेटवर्क अभिवृद्धि गर्नका लागि रु पाँच हजार सहयोग गर्नुभएको संस्थाका अध्यक्ष चुरामणी तिमिल्सिनाले जानकारी दिनुभयो । पान्डेयले बिगतका बर्षहरुमा पनि सो संस्था तथा हषिकेश मन्दिरलाई विद्युतीय उपकरणका साथै ईन्टरनेट जडानका लागिपनि सहयोग प्रदान गर्दै आउनु भएको छ । आफूले आर्जन गरेको केही प्रतिशत रकम सामाजिक कार्यमा लगाउने र भड्किलो पार्टी नगर्ने उहाँको धारणा रहेको छ। उहाँको सहयोग प्रती संस्थाका अध्यक्ष तिमिल्सिनाले धन्यवाद एवम् आभार व्यक्त गर्नु भएको छ। । संस्थाले विभिन्न दाताहरुको सहयोगबाट निशुल्क वाइ-फाइ सेवा सञ्चान गरेपछि मन्दिरमा भन्डारा लगाउने , लत्ताकपडा विवरण गर्ने तथा पुजा-पाठ गर्ने भक्तजनको संख्यामा वृद्धि भएको स्थानिय बिष्णु प्रसाद सापकोटाको भनाइ रहेको छ ।
Discussion about this post